राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७
धनुषा :
नेपालको मध्य भागको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रसँग जोडिशकी मधेश प्रदेश अन्तर्गतका ८ जिल्लाहरु मध्ये हाल प्रदेशको राजधानी जनकपुर र जानकी मन्दिर अवस्थित रहेको धनुषा जिल्लाको कुल जनसंख्या ७,५४,७७७ रहेको छ। खाद्य तथा पोषण सुरक्षा यस जिल्लामा एउटा प्रमुख दीर्घकालिन असर पार्ने प्रमुख सवालहरु मध्ये पर्दछ।यस जिल्लाको कुल जनसंख्या मध्ये १०.५९% जति आदिवासी, जनजातिहरुको बसोबास रहेको छ। जिल्लाको ९०% जति किसानहरु धान, गहुँ, दलहन, तेलहन र उखु, उत्पादनमा संलग्न रहेका छ्न्।सिमान्तकृत वर्गहरुको मुख्य पेशा कृषि-पशुपन्छी पालन, ज्याला-मजदुरी, जातिय पेशा, वैदेशिक रोजगार तथा साना व्यवसाय आदि हुन्।
जिल्लाको २ तिहाई भन्दा बढी क्षेत्र (७६,५३१ हे.) कृषि उत्पादन योग्य रहेको छ, जसको ४५% जति मात्र सिंचित रहेको छ।स्वास्थ्यको अवस्था हेर्दा सन्तोषजनक रहेको देखिंदैन । जिल्लाको ४३% महिला र ४७% जति ५ वर्ष मुनिका बालबालिकाहरुमा रक्त अल्पता, ४१% बालबालिकाहरुमा दुव्लोपना, १०% मा शिघ्र बालकुपोषण र ५ वर्ष मुनिका ४३.६% दिर्घकालिन बालकुपोषण रहेको देखिन्छ। मानव विपन्नता सूचकाड्डले ५८.११% प्रौढ साक्षरता रहेको देखाएको छ र मानव विपन्नता सूचकाड़ ४१.७२% देखाएको छ।निर्वाहमुखी कृषि तथा पशुपालन, घरमा सचेत तथा सक्षम युवा वर्गको उपस्थितिको अभाव, बालबालिका तथा प्रसुतिको आहारमा सन्तुलनको अभाव, जलवायु परिवर्तन अनुकूलन योजनाहरुको अभाव, बर्षेनी प्राकृतिक तथा मानव सिर्जित विभिन्न बाढी, सुख्खा, शीतलहर, आगलागी, अत्यधिक गर्मी तथा रोग संक्रमणको प्रभाव, विपदजन्य घटनाहरु, जनचेतनाको अभाव र सरसफाईमा कमी आदि यहाँको खाद्य तथा पोषण असुरक्षाको मुख्य कारणहरु रहेको छ।
महोत्तरी :
महोत्तरी जिल्ला, मधेश प्रदेश अन्तरगत धनुषा जिल्ला देखि पश्चिममा अवस्थित रहेको छ। जिल्लाको सदरमुकाम जलेश्वर छ। जम्मा १५ स्थानीय तहमा भाजित यस जिल्लाको कुल जनसंख्या ६,२७,५८० रहेको छ। जलवायु परिवर्तनको असरले वर्षेनी बाढी तथा सुख्खाको कारण यहाँको कृषि तथा पशुपालन र पोषणको अवस्था कमजोर हुँदै गएको देखिन्छ। जिल्लाको ४० हजार भन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा रहेका छन्।जिल्लाको कुल जनसंख्या मध्ये १३.७५% जति आदिवासी, जनजातिहरुको बसोबास रहेको छ। सिमान्तकृत वर्गहरुको मुख्य पेशा कृषि-पशुपन्छी पालन, ज्याला-मजदुरी, परम्परागत जातीय पेशा, वैदेशिक रोजगार तथा साना व्यवसाय आदि हुन्। धान र गहुँको उत्पादन किसानहरुको मुखय कृषि उपज रहेको छ। कुल खेतीयोग्य जग्गा ६७,३५२ हे. रहेको छ।स्वास्थ्य तथा सरसफाईको दृष्टिकोणले जिल्लाको अवस्था हेर्वा सन्तोषजनक रहेको देखिंदैन । जिल्लाको ४३.६% जति ५ वर्ष मुनिका बालबालिकाहरुमा दुव्लोपना बालकुपोषण व्याप्त रहेको छ र ११.९% मा शिघ्र बालकुपोषण रहेको देखिन्छ । मानव विपन्नता सूचकाड्डले ६२.९६% प्रौढ साक्षरता रहेको र मानव विपन्नता सूचकाड़ ४४.७५% देखाएको छ। खाद्य विपन्नताको व्यापकता २०.३% र प्रति व्यक्ति क्यालोरी उपभोग २१.८% रहेको छ, जुन औसत भन्दा न्यून रहेको छ। निर्वाहमुखी कृषि तथा पशुपालन, युवा जनशक्तिहरुको विदेश पलायन, बालबालिका तथा प्रसुतिको आहारमा सन्तुलनको अभाव, जलवायु परिवर्तन अनुकूलन योजनाहरुको अभाव, बाढी, सुख्खा, शीतलहर, आगलागी, अत्यधिक गर्मी तथा रोग संक्रमणको प्रभाव, विपदजन्य घटनाहरु, जनचेतनाको अभाव र सरसफाईमा कमी आदि यहाँको खाद्य तथा पोषण असुरक्षाको मुख्य कारणहरु रहेको छ।